सिनेमाहलको ट्वाइलेटमा किशोरीलाई बलात्कार






२८ पुस, भारतको गोवामा १६ वर्षीय किशोरीलाई आफ्नै साथीले फिल्म देखाउने भन्दै कक्षाकोठाबाट भगाएर बलात्कार गरेका छन् । यस घटनामा किशोरीलाइ बलात्कार गरी अपराधीले अर्को साथीलाई समेत सुम्पिदिएका थिए । युवकको साथीले पनि उक्त किशोरीलाई अर्कै ठाऊँमा लगेर बलात्कार गरेको बताइएको छ । घटनामा संलग्न ती दुवै युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर समेत गरेको छ । यता कक्षाकोठाबाट किशोरीलाई भगएइर बलात्कार गर्ने किशोरले भने आफूले अर्का किशोरलाई नचिनेको बताएका छन् । प्रहरीको बयानमा ती किशोरले आफूले सिनेमाहलको ट्वाइलेटमा किशोरीलाई लगेको र त्यही उसको बलात्कार गरेको बताएका छन् ।

0 comments

Write Down Your Responses