रक्तचन्दन सहित एक जना पक्राउ



 नेपाल प्रहरीले चीनको खासातर्फ लैजान लागिएको रक्तचन्दन सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको चुच्चेपाटी बस्ने सिन्धुपाल्चोक पाङताङ घर भएका अक्कलबहादुर गुवाजु रहेका छन्।

बौद्ध पिपलबोटमा ग्यारेज भित्र राखिएको बा २ च ८२०० नम्वरको कारमा नक्कली पेट्रोल ट्यांकी बनाई त्यसमा लुकाई राखेको रक्तचन्दन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले रक्तचन्दनका ७ थान ६४- किलो) रक्तचन्दन, माला २४ थान, बल आकारको वस्तु ६४ थान, हृवेल आकारको वस्तु ९ थान बरामद गरेको जानकारी दिएको छ।

0 comments

Write Down Your Responses