कतारमा आर्यन र प्रियंकाको मस्ती (फोटोसहित)


नेपाली चलचित्रहरू प्रदर्शनका लागि कतारमा अहिले भ्याई-नभ्याई भइरहेका छन् । फिल्म बनाउँछन् हतार–हतारमा रिलिज गर्छन् कतारमा भन्नेजस्तो दर्शकलाई एउटा भान भइरहेको छ हुन पनि किन न होस् सातैपिच्छे नयाँ फिल्म प्रदर्शनको लाइन लागेको हुन्छ ।

नेपालबाट नयाँ नायक–नायिका पनि नआएका होइनन् । एक काम दुई पन्थ भनेजस्तो घुम्न पनि पाइने आफ्नो फिल्म पनि प्रदर्शन पनि हुने । यसैले होला प्रायस् नायक–नायिका निर्देशक पनि साथमा आएर दर्शकसँग मजा लिएर फिल्म हेर्ने गरेको पाइन्छ ।

त्यसमध्ये धेरै फिल्म कतारमा प्रदर्शन भएर निकै कमाएर कतिले  गए होलान् त कतिले उल्टो पैसा भरेर  खाली हात हल्लाउँदै फर्किए होलान् यो त भगवान नै जानुन् । ११ जनवरी २०१३ मा कतारमा प्रदर्शन भएको 'कलिउड' फिल्म भने सफलताको शिखर चुम्न सफलता भयो ।

यसको प्रिमियरमा दोहाका नेपाली दर्शक फिल्मभन्दा नायक र नायिकालाई हेर्ने रहरले पनि बढी आकर्षित भए । करिब चार लाखभन्दा बढी नेपाली जनसंख्या भएको कतारमा सायद नायक–नायिकालाई पनि नेपाली देख्दा कुनै नेपालको फिल्म हलमा नै म आए कि जस्तो हुन्छ ।

यति धेरै माया पाएपछि कतार नआउने पनि त कुरै भएन नि नायक–नायिकाको । त्यसैले होला नेपाली फिल्म कतारमा धेरै प्रदर्शन हुने । कलिउडको प्रदर्शनका क्रममा दर्शकको निकै भीडका बीच केही प्राविधिक खराबी आए पनि नायिका प्रियंका कार्की अगाडि आएर ‘प्लिज एकछिन् धैर्य गरिदिनुस्’ भनेपछि सबै शान्त भएका थिए ।




यसै क्रममा 'कलिउड' फिल्म प्रदर्शनका लागि कतारमा आएका चर्चित नायक आर्यन र नायिका प्रियंका कार्की केही दिन पहिले कतारको एक समुद्री एरिया उमसाईदमा घुम्ने क्रममा रवि रोषीले कैद गरेका केही तस्वीर यहाँ समावेश छ।

0 comments

Write Down Your Responses