अधिकांश मोडलहरू भन्छन्, मेरो लक्ष्य भनेकै सफल मोडल बन्ने हो ,

अधिकांश मोडलहरू भन्छन्, मेरो लक्ष्य भनेकै सफल मोडल बन्ने हो । तर,
मोडल तथा कार्यक्रम प्रस्तोता सुष्मा लामाको भने फरक लक्ष्य छ । आर.आर क्याम्पसमा अंगे्रजी विषयमा स्नाकोत्तर प्रथम वर्षमा अध्ययनरत सुष्मा भन्छिन्, मेरो उद्देश्य आमसञ्चार क्षेत्रमा एक सफल महिला बन्नु हो ।’ टेलिभिजन कार्यक्रम ‘भोलिको नेपाल’ मा लामो समय कार्यक्रम सञ्चालिकाको अनुभव संगालेकी सुष्माले एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । तर उनको मोडलिङमा भन्दा आमसञ्चारमै ध्यान आकृष्ट छ । हुन त मोडलिङ पनि आमसञ्चारकै एउटा अंग हो । तर सुष्मालाई प्रत्यक्ष रूपमै पत्रकारितामा रहेर देश र समाजको सेवा गर्ने इच्छा छ । ‘मैले मोडलिङ क्षेत्र बुझ्ने मौका पाएँ,’ आमसञ्चारप्रति रुचि देखाउँदै भनिन्, ‘अब पत्रकारिता क्षेत्रमा रहेर देश र समाजलाई नियाल्न चाहन्छु ।’ उनले आमसञ्चार नै एकमात्र शक्तिशाली माध्यमको रूपमा बुझेकी छन् कि, जसलाई अन्य पेसा र व्यवसायीसँग तुलना गर्नै मिल्दैन रे । यसो भनेर मोडलिङप्रति उनको रुचि नभएको पनि होइन, राम्रो कथावस्तुको चलचित्रमा अफर आए अभिनय पनि गर्ने सुष्मा बताउँछिन् ।



,

0 comments

Write Down Your Responses