शताब्दीकै सेक्सी महिला बेयोन्स !


चर्चित अमेरिकी पप गायिका बेयोन्सलाई २१ औं शताब्दीकै सबैभन्दा सेक्सी महिला चुनिएको छ । ‘जिक्यू’ नामक एक पत्रिकाले २१ औं शताब्दीकै विश्वका एकसय महिलाको सुची तयार गरेको छ, जसमा बेयोन्सलाई शीर्षस्थानमा राखिएको जनाइएको छ ।

‘न्यूर्योक डेली न्यूज’का अनुसार ३१ वर्षीया गायिका बेयोन्सले ‘जिक्यू’ पत्रिकाका लागि एक हट फोटोसुट समेत गराएकी छिन् । उक्त फोटोसुट बेयोन्सले पत्रिकाको फेब्रवरी अंकको मूख्य पृष्ठका लागि गराएकी हुन् । समाचारमा २१ जनवरीमा हुने एक समारोहमा अभिनेत्री समेत रहेकी बेयोन्सले अमेरिकी राष्ट्रपति बाराक ओबामाकोसामु राष्ट्रिय गान गाउन लागेकी दाबी गरिएको छl

0 comments

Write Down Your Responses