गजल
|
गजल
आज किन किन मुटु, दुखे-दुखेजस्तो लाग्यो l
बेदनाका गाँठाहरु, फुके फुकेजस्तो लाग्यो ।
प्रित छर्ने मुहान आज, सुके सुकेजस्तो लाग्यो ।
के भूल भयोखै कुन्नि,सर्वस्व त सुम्पेकै थै l
तिम्लाई बुझ्न थोरै मात्र, चुके चुके जस्तो लाग्यो ।
धेरै गरे जस्तो लाग्थ्यो, कुराहरु त साटासाट l
अझ पनि भित्र केही, लुके लुके जस्तो लाग्यो ।
हरियाली यो संसारमा, कुन बैरी लेआँखा लायो l
|
0 comments
Write Down Your Responses